तपाईँ सुन्दै हुनुहुन्छः

मुख्य न्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश

मकवानपुर । बागमती प्रदेशको मुख्य न्यायाधिवक्ताको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष पेश गरिएको छ । संवैधानिक व्यवस्थाअनुसार मुख्य न्यायाधिवक्ता ज्ञानेन्द्र नेपालले आइतबार प्रदेश प्रमुखको कार्यालयमा वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो ।

मुख्यन्यायाधिवक्ता नेपालले मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य, अधिकार तथा सेवाको शर्त सम्बन्धी ऐन, २०७५ को दफा ११ बमोजिम मुख्य न्यायाधिवक्ताको कार्यालयले गत आवमा सम्पादन गरेको काम कारबाहीहरू समेटेर तयार गरिएको वार्षिक प्रतिवेदन पेश गर्नुभएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । 

प्रतिवेदन बुझ्नुहुँदै प्रदेश प्रमुख शर्माले मुख्यन्यायाधिवक्ताको कार्यालयमार्फत सरकारको प्रतिरक्षाका लागि गरिएको कामकारबाहीको प्रशंसा गर्नुभयो । उहाँले आगामी दिनमा पनि प्रदेश सरकारका लागि आवश्यक न्याय सम्पादनको कार्यमा मुख्यन्यााधिवक्ता कार्यालय दत्तचित्त भएर लाग्नुपर्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button