तपाईँ सुन्दै हुनुहुन्छः

बाँके बस दुर्घटना : ५ जनाको मृत्यु, २३ जना घाइते

बाँके । दाङकाे चाैखवा वाट बर्दिया आउँदै गरेको बस बाँकेको शम्सेरगन्जमा दुर्घटनामा परेको छ ।

बर्दिया जिल्लाको बेतेनी सामुदायिक बन उपभाेक्ता समितिका ३९ जना व्यक्ती भ्रमण गरेर आउने क्रममा बाँके राप्तीसोनारी गाउँपालिका ८ बालापुर जाने बाटोवाट आउँदै गरेको ना ७ ख २३२१ नम्बरको बस र बाटोमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रक ठोकिक्दा ५ जना मृत्यु भएको छ ।

जसमा २ जना महिला तथा ३ जना पुरुष रहेका छन् भने २३ जना घाइते भएका छन् । घाइतेहरुको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button