बेनी बजारमा जोगी नाच प्रदर्शन (फोटोफिचर)
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारमा नेवार समुदायले लोपोन्मुख जोगी नाच प्रदर्शन गरेका छन् । नेपाल भाषा मंकाखल अन्तरगत ल्याम्हः पूचः हरुले (युवा) बर्खे नाच अन्तरगतको जोगी नाच प्रदर्शन गरेका हुन् ।
बर्खेनाच अन्तरगत आकर्षक मानिएको जोगी नाचमा शिव, पार्वती, जोगीका विभिन्न रूपमा कलिला बालक देखी युवाहरूले ताण्डव नृत्य सहित बजार परिक्रमा गर्छन् ।

नाच प्रर्दशनसंगै शिव, पार्वती र जोगीहरूले घर घर पुगेर भिक्षा मागेर मंकाखलको लागि आर्थिक सङ्कलन गर्ने प्रचलन रहेको नेपाल भाषा मंकाखल अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बताउनुभयो । जोगी नाचको मुख्य उद्देश्य भनेको आर्थिक सङ्कलन गर्ने रहेको हुन्छ ।
संस्कृति संरक्षणमा युवापुस्ताको पनि आर्कषण बढेको पूर्व अध्यक्ष श्रेष्ठले भन्नुभयो । विधि अनुसार नाच प्रस्तुत गरेमा वर्षभरि कुलको सुरक्षा हुने विश्वास समेत रहेको छ ।
हरेक वर्षको नागपञ्चमीका दिनदेखि सुरु गरेर तिज पर्वसम्म बेनी बजारमा लाखे नाच, घोडा नाच, गाईजात्रा सपारु, श्रीकृष्ण रथयात्रा, गोरु नाच, रोपाई नाच, धानको बाला नाच देखाउँदै आएका छन् ।






















प्रतिक्रिया राख्नुहोस्