नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दाको आजको सुनुवाई स्थगित

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा आजको सुनुवाई स्थगित भएको छ ।
पुर्पक्षका लागि थुना र धरौटी माग गर्ने काठमाडौँ जिल्ला अदालतको आदेशविरुद्ध २० जना प्रतिवादीले उच्च अदालत पाटनमा दिएको निवेदनमा सुनुवाईका लागि आज पेशी तोकिएको थियो ।
न्यायाधीश सुभाष पौडेल र दीपेन्द्र अधिकारीको संयुक्त इजलासमा पेशी तोकिएको सो मुद्दामा निवेदकका कानुन व्यवसायीले निवेदन दिएपछि आजको सुनुवाइ स्थगित भएको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले २० जनालाई पक्राउ गरेकोमा काठमाडौँ जिल्ला अदालतले १७ जनालाई पुर्पक्षका लागि थुनामा र ३ जनालाई धरौटीमा छाड्न आदेश दिएको थियो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध २०८० जेठ १० गते सरकारी वकिलको कार्यालयले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गराएको थियो ।
ठगी, कीर्ते, सङ्गठित अपराध र राज्यविरुद्धको कसुरमा ३० जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेकोमध्ये १० जना फरार छन् ।








प्रतिक्रिया राख्नुहोस्