पूर्व राष्ट्रपति भण्डारीद्वारा नेपाली क्रिकेट टिमलाई बधाई

काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली क्रिकेट टिमलाई बधाई तथा शुभकामना दिनु भएको छ ।
पाकिस्तान र श्रीलङ्कामा जारी एसिया कप क्रिकेट २०२३ मा सहभागी नेपाली क्रिकेट टिमले विश्वकप विजेता भारत र पाकिस्तान जस्ता क्रिकेटको लामो इतिहास भएका टिमहरूसँगको प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गरी विश्वका क्रिकेटप्रेमीहरूको मन जित्न सफल भएको बताउनुभएको छ । यसबाट नेपाली क्रिकेटको विकासमा नयाँ सम्भावनाको ढोका खुलेको उहाँको भनाई छ ।
यसैगरी, मलेसियामा सञ्चालन भइरहेको टी-ट्वान्टी महिला विश्वकप छनौट प्रतियोगितामा पनि नेपाली महिला क्रिकेट टिमले उत्कृष्ट प्रदर्शन गरिरहेकोमा थप सफलताको कामना व्यक्त गर्नुभएको छ ।
उहाँले क्रिकेटसँग सम्बन्धित पूर्वाधार निर्माणका साथै खेलाडीको क्षमता विकासमा लगानी बढाउन सकेमात्र नेपाली क्रिकेटले थप व्यावसायिकता र प्रतिस्पर्धी क्षमता विकास गर्न सकिने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्