तपाईँ सुन्दै हुनुहुन्छः

उपमहासचिव खतिवडालाई मातृशोक

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडालाई मातृशोक परेको छ ।

उहाँकी ममतामयी आमा मालती खतिवडाको ८० वर्षको उमेरमा आज बिहान त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको सो पार्टीका उपाध्यक्ष प्रमेश हमालले जानकारी दिनुभयो । मालतीका एक छोरा र तीन छोरी हुनुहुन्छ ।

उहाँको आजै दिउँसो १२ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जानकारी दिइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button