डडेल्धुरामा बजेट फ्रिज मुख्य समस्या : मन्त्री देउवा

डडेल्धुरा । डडेल्धुरामा विकासका लागि आउने गरेको बजेट फ्रिज मुख्य समस्या रहेको सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले बताउनु भयो ।
आइतबार डडेल्धुरामा शुभारम्भ भएको राष्ट्रिय गौरा महोत्सवमा प्रमुख अतिथि भई डडेल्धुरा आउनु भएका मन्त्री देउवाले पत्रकार सम्मेलन मार्फत यस्तो बताउनु भएको हो ।
यसै विषयमा उहाँले बजेट डडेल्धुरामा धेरै आउने र काम हुन नसकेर फिर्ता जाने भएकाले तीन तहकै सरकार संवेदनशील हुनु पर्नेमा जोड दिँदै भन्नु भयो “अहिले पनि सडक, सिँचाई लगायतका क्षेत्रमा आएको धेरै बजेट काम नभएर फिर्ता गएको छ। ”
साथै उहाँले “तराई पहाड जोड्ने भीमदत्त राजमार्गको बेलाबेलामा हुने अवरोध हटाउन वैकल्पिक मार्गका रुपमा रहेका सम्पुर्ण बाटोहरू खोल्न र चलाउन सङ्घीय सरकारसँग सहकार्य गरी एक वर्ष भित्रै समस्याको हल हुने बताउनुभयो । ”








प्रतिक्रिया राख्नुहोस्