तपाईँ सुन्दै हुनुहुन्छः

आज पोखरमा समाजवादी मोर्चाको भेला हुने

पोखरा ।  प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सहित समाजवादी मोर्चाका प्रमुख नेताहरूले आज(शुक्रबार) पोखरामा एकै मञ्चमा सहभागी हुनु हुने भएको छ । साजवादी मोर्चा गण्डकी प्रदेशको आयोजनामा पोखरा सभागृह हलमा प्रधानमन्त्री प्रचण्डसहित समाजवादी मोर्चाका प्रमुख नेताहरूले एकै मञ्चमा सम्बोधन गर्ने कार्यक्रम तय गरिएको समाजवादी मोर्चाले जनाएको छ ।

सन्देश सभा नाम दिइएको उक्त कार्यक्रममा प्रधानमन्त्री प्रचण्डसहित पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले शुक्रबार पोखरामा आयोजित एकै समारोहमा सम्बोधन गर्नुहुने कार्यक्रम तय गरिएको माओवादी केन्द्रका केन्द्रिय सचिव एवं गण्डकी प्रदेश इन्चार्ज देवेन्द्र पौडेल(सुनिल)ले बताउनु भयो ।

समाजवादी मोर्चा, नेपाल केन्द्रीय संयोजन समितिले तय गरेको कार्यक्रम अनुसार शुक्रबार १२ः०० बजे उक्त कार्यक्रम आयोजना गरिने भएको माओवादी केन्द्र गण्डकी प्रदेशका अध्यक्ष गायत्री गुरुङले बताउनु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button