तपाईँ सुन्दै हुनुहुन्छः

कोशी प्रदेश सरकारविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

file photo

विराटनगर । सर्वोच्च अदालतमा कोशी प्रदेश सरकारविरुद्धको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदैछ ।

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सभाध्यक्षसहितको मतमा विश्वासको मत लिएको भन्दै नेकपा एमालेले दायर गरेको मुद्दामा आज पूर्ण इजलासमा सुनुवाइ हुन लागेको हो ।

भदौ ४ गते मुख्यमन्त्री थापाले विश्वासको मत लिने क्रममा सभाको अध्यक्षता ग्रहण गरेका इस्राइल मन्सुरीले पनि भोट हाल्नुभएको थियो ।

न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले मुद्दाको पूर्ण सुनुवाइका लागि आज पेसी तोक्नुभएको थियो । आजबाट हुने पूर्ण सुनवाइमा एमालेका तर्फबाट टीकाराम भट्टराई,शम्भु थापा, सतिसचन्द्र खरेल बलराम दाहाल लगायतका कानून व्यवसायीहरूले बहस गर्दै हुनुहुन्छ ।

नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले प्रदेश प्रमुख परशुराम खापुङ, मुख्यमन्त्री उद्धव थापा, सभाध्यक्ष गरेका सांसद इस्राइल मन्सुरी, अध्यक्ष मण्डलकी सांसद गीता तिम्सिना र प्रदेशसभा सचविालयलाई विपक्षी बनाएर सर्वोच्चमा रिट हाल्नुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button