तपाईँ सुन्दै हुनुहुन्छः

पोखरामा पनि जनैपूर्णिमा पर्व मनाइयो

पोखरा । पोखरामा पनि जनपूर्णिमा पर्व मनाइएको छ । पोखरा क्षेत्रमा पनि आज विशेष गरी राखी बाँध्ने तथा रक्षाबन्धन लगाउँदै जनैपूर्णिमा पर्व मनाइएको छ । 

ईश्वरीय विश्व विद्यालय क्षेत्रीय (ओम शान्ति)  कार्यालय नयाँ बजारमा बिहीबार सरकारी कार्यालयका उच्चपदस्थ कर्मचारी, राजनीतिक दलका नेता, उद्योगी व्यवसायी लगायतका पोखरेलीहरू राखी बाँध्न आउनु भएको संयोजक एवं विश्वविद्यालयको महासचिव सैलेस बरालले बताउनु भयो । 

पोखरामा आफ्ना ओम शान्तिका २५ वटा शाखामा रक्षाबन्धन कार्यक्रम बिहानैबाट सञ्चालन भएको उहाँले बताउनु भयो । यस वर्षको जनैपूर्णिमा बुधबार र बिहीबार दुई दिन परेकोले अघिल्लो वर्षको तुलनामा केही चहल पहल कम भएको महासचिव बरालले जनाउनु भयो । 

आपसी सद्भावना, स्नेह र पवित्रताको प्रतिज्ञाको प्रतीकको रुपमा मनाइने रक्षाबन्धन (जनैपूर्णिमा) को अवसरमा समाजका विभिन्न व्यक्ति तथा संघ संस्थाका पदाधिकारीहरूको सहभागिता रहेको संयोजक बरालले बताउनु भयो । ब्रह्मा कुमारी नेपालका अध्यक्ष एवं निर्देशक राजयोगिनी ब्रह्माकुमारी परणिता दिदीले आगन्तुक दाजुभाई दिदीबहीनीहरुलाई राखी बाँध्नु भएको थियो । 

पछिल्लो समयमा राखी बाँध्ने प्रचलनले गर्दा तागो प्रचलन निकै कम रहेको छ । तागाधारीले जनैपूर्णिमा पर्वको अवसरमा नयाँ जनै फेर्ने गर्नुहुन्छ । 

पोखराका विभिन्न बजारमा राखी बिक्री गर्नेहरुको भिड रहेको छ । जनैपूर्णिमा पर्वको अवसरमा मिठामिठा खानेकुरा समेत खाने प्रचलनले गर्दा मिठाई मसल तथा फलफूल पसलमा समेत केही भिडभाड भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button