बागमती प्रदेशका स्वास्थ्य मन्त्री जोशीद्वारा १ सय दिनको उपलब्धि सार्वजनिक

मकवानपुर । बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले आफ्नो कार्यकालको १ सय दिनको उपलब्धि सार्वजनिक गर्नुभएको छ ।
गत जेठ ७ गते पदभार ग्रहण गर्नुभएका मन्त्री जोशीले आज मन्त्रालयमा पत्रकार सम्मेलन गरेर प्रदेशको १३ जिल्लामा यस बीचमा गर्नुभएका काम र उपलब्धिहरू सार्वजनिक गर्नुभएको हो ।
पत्रकार सम्मेलनमा मन्त्री जोशीले १ सय दिनमा महत्त्वपूर्ण निर्णय, मुख्य मुख्य उपलब्धि र महत्त्वपूर्ण कार्यक्रमहरू भएको बताउनुभयो । यस बीचमा मन्त्रालयले जनस्वास्थ्य प्रयोगशाला, धुलिखेलको सेवा स्वास्थ्य कार्यालय चितवनमा सेवा इकाइको रूपमा विस्तार गरी हालसम्म ६२३ जनालाई सेवा प्रदान गरिएको, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट बकुलहर अस्पताल, चितवन, रामेछाप अस्पताल, रामेछाप, चौतारा अस्पताल, सिन्धुपाल्चोक, सिन्धुली अस्पताल, सिन्धुली, पशुपति चौलागाई स्मृति अस्पताल, दोलखा र रसुवा अस्पताल, रसुवा गरी ७ वटा अस्पतालहरूमा शव वाहन वितरण गरिएको, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट २५ लाख बराबरको एन्टी हेमोफेलिक फ्याकटर वितरण गरिएको जनाउनुभएको छ ।
यसैगरी, अति आवश्यक निःशुल्क औषधीहरू स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत बागमती प्रदेशका १३ वटै अस्पताल र स्वास्थ्य कार्यालयमार्फत स्थानीय तहमा वितरण गरिएको, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौडाको परिसरमा बायोमेडिकल इकिप्मेन्ट वर्कसप स्थापना गरिएको, स्वास्थ्य तालिम केन्द्रमार्फत ८३१ जना चिकित्सकलगायत अन्य स्वास्थ्यकर्मीहरूलाई विभिन्न स्वास्थ्य तालिम प्रदान गरिनुको साथै २६ जना स्वास्थ्यकर्मीहरूलाई सर्प दंश उपचार व्यवस्थापन सम्बन्धी तालिम दिइएको जनाएको छ ।
यस्तो छ एक सय दिनको कार्य प्रगति विवरण:








प्रतिक्रिया राख्नुहोस्