शिव शिखर सहकारी विरुद्ध १५ सय बढी निवेदन दर्ता

डडेल्धुरा । डडेल्धुरामा सञ्चालित शिव शिखर सहकारी नामक सहकारी संस्थामा १५ सय ४४ वटा निवेदन दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय डडेल्धुराले बुधवार साउन महिनाको प्रगति विवरण सार्वजनिक गर्दै सो कुराको जानकारी गराएको हो ।
संस्था विरुद्ध ६ सय ४९ वटा जाहेरी दर्ता भएकोमा ३१ करोड १६ लाख ७१ हजार तीन सय १३ रुपियाँ असुल उपर गर्नुपर्ने रहेको छ । जाहेरीका आधारमा २२ करोड ३१ लाख ३५ हजार २ सय ५१ रुपियाँ बिगो रहेको छ।
सहकारी संस्थाले डडेल्धुरामा कार्यालय तथा गाडेनमार्ट समेत सञ्चालन गरेकोमा कार्यालय र गाडेनमार्ट बन्द गरी सञ्चालक तथा कर्मचारीहरू सम्पर्क विहीन भएका छन् ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराले “सहकारी विरुद्ध निवेदन दिन बचतकर्तालाई सूचना जारी गरेकोमा बचतकर्ताहरू कामको सिलसिलामा कोही जिल्ला भित्र, कोही बाहिर वा कोही देश बाहिर पनि भएकाले अझै निवेदन दिन सक्ने प्रहरी नायव उपरिक्षक मनोहर प्रसाद भट्टले बताउनुभयो । ”
सहकारीमा बचतकर्ताको ठुलो रकम हिनामिना हुँदा समस्या भएको छ ।








प्रतिक्रिया राख्नुहोस्