तपाईँ सुन्दै हुनुहुन्छः

रक्षाबन्धनको अघिल्लो दिन वीरगंजको बौधीमाई मन्दिरमा विशेष पूजा

वीरगंज । प्रत्येक वर्ष झैँ यस वर्ष पनि रक्षाबन्धनको एक दिन अगाडि वीरगंज महानगरपालिका वडा नम्बर १० मा रहेको बौधीमाई मन्दिरमा विशेष पूजा आराधना गरिएको छ ।

दशकौँ देखि श्रावण शुल्क पक्ष चतुर्दर्शीका दिन वीरगञ्जको घडीअर्वा अशोक बाटिका टोलस्थित बौधीमाई मन्दिरमा आजको दिन विशेष पूजा गर्ने प्रचलन रहेको छ । आजको दिन बौधीमाईको मन्दिरमा विशेष पूजा गर्नुका साथै खोँइच भर्ने र पशु बली दिने गरिन्छ । 

जहाँ पर्सासहित बारा, रौतहट र छिमेकी मुलुक भारत समेतबाट आएका श्रद्धालुहरूले पूजा चलन छ । बौधीमाईको पूजा गरी मातासँग मागिएको बर तथा चिताएको मनोकामना पूरा हुने जनविश्वास रहेको छ । त्यसैले हजारौँको सङ्ख्यामा आउने श्रद्धालुहरूले पूजा गर्दै खोँइच भर्ने गर्दछन् । खोँइच भर्दै श्रद्धालुहरूले बौधीमाईसँग सन्तान प्राप्ति, समृद्धि, पारिवारिक खुसी, परिवारका सदस्यहरू दीर्घायु, स्वास्थ्य लाभको कामना गर्ने गरेका छन् । 

जसलाई स्थानीय भाषामा भाकल पनि भन्ने गरिन्छ । त्यहीँ भाकल पूरा भएको खण्डमा श्रद्धालुहरूले अर्को वर्ष मन्दिरमा नरिवल, खसी, बोका, हाँस, कुखुरा आदीको बलि चढाउने गर्दछन् । मन्दिरमा पूजा गर्ने आउनेमा विशेष गरी महिला हुने गरेका छन् । 

आज लाग्ने मेलामा विभिन्न किसिमको मनोरञ्जनात्मक कार्यक्रमको पनि आयोजना भएको छ । मन्दिरमा प्रथम पूजा मन्दिरका संस्थापक परिवारका गौरी शङ्कर साह कानु, लखन साह कानु, अमर साह, पासपत साह, मदन साह, मनोहर साहलगायतका परिवारबाट गरेसँगै अन्य भक्तहरूका लागि मन्दिरका ढोका खोलिने गरिएको छ । 

एक सय भन्दा अगाडी देखि स्वर्गीय धनसर साह कानु परिवारले मन्दिरको स्थापना गरी हरेक श्रावण महिनाको शुल्क पक्ष चर्तुदर्शीका दिन बौधीमाइको पूजा गर्ने चलन सुरु भएको स्थानीय गौरीशंकर साह कानुले बताउनुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button