तपाईँ सुन्दै हुनुहुन्छः

कृष्णपुरमा सुविधा सम्पन्न खुला जिम हाउस सञ्चालन

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ मा आधुनिक सुविधा सम्पन्न खुला जिम हाउस सञ्चालनमा आएको छ । कृष्णपुर नगरपालिकाको पाँच लाख लागतमा बनेको उक्त ओपन जिम हाउस बनदेवी सामुदायिक वनको प्राङ्गणमा रहेको छ ।

स्थानीयहरूले उक्त खुला जिम हाउसबाट लाभान्वित भएको बताउँदै आएका छन् । ‘हाम्रो वाणी, गुलरिया बजारमै उच्च स्तरीय एवं गुणस्तरीय व्यापारिक जिम हाउस समेत नभएको बेलामा नगरपालिकाले नै हामी जस्ता युवाहरूलाई लक्षित गरि निःशुल्क जिम हाउस खोल्नु निकै सराहनीय कार्य हो ।’ स्थानीय युवा नरेश बुढाले भने ।

नगरपालिकाले युवाहरूका लागि निःशुल्क सञ्चालनमा ल्याएको उक्त खुल्ला जिम हाउसबाट धेरै जना लाभान्वित भएको कृष्णपुर–५ का वडाध्यक्ष टेक पाण्डेयले बताए ।

पूर्वाधार विकास निर्माण, शिक्षा, स्वास्थ्य, सडक सञ्जाल, विद्युत्सँगै युवा तथा खेलकुदलाई समेत विशेष प्राथमिकतामा राखेर काम गर्ने लयमा रहेको नगर प्रमुख हेमराज ओझाले बताए ।

युवाहरूका लागि खेलकुदसँगै रोजगारी सिर्जना गर्नेतर्फ पनि नगरपालिकाको ध्यान रहेको उनी बताउँछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button