तपाईँ सुन्दै हुनुहुन्छः

भूमेमा रोपवे सञ्चालन, कृषकलाई सहजता

रुकुम पश्चिम । रुकुम पूर्व भूमे गाउँपालिकाको वडा नम्बर ८ कुचिबाङमा ग्राभिटी गुड्स रोपवे सञ्चालनमा ल्याइएको छ । कृषकले उत्पादन गरेको कृषि सामग्रीहरुलाई ओसारपसारका लागि वडा नम्बर ८ को कुचिबाङमा रोपवेको सेवा सञ्चालनमा ल्याईएको हो । यूकेएडको आर्थिक सहयोग र प्राक्टिकल एक्सन विकास डी–कोष समाज को प्रविधिक सहयोगमा रोपवे निर्माण गरिएको हो ।

वडा नम्बर ८ को स्थानीयवासीको आवश्यकतालाई बुझ्दै भूमे गाउँपालिका समन्वयमा कुचिबाङ काडाबगर गुड्स रोपवे निर्माण गरिएको प्राक्टिकल एक्सनका देवदत्त भट्टले जानकारी दिनुभयो । वडा नम्बर ४ को काडाबगरबाट वडा नम्बर ८ को कुचिबाङसम्म निर्माण भएको ग्राभिटी गुड्स रोपवे १ हजार १ सय ४४ मिटर लम्बाइ र ४ सय ८४ मिटर उचाईमा रहेको छ । ४८ लाख ६८ हजार ६ सय ४७ रूपैयाँ लागतमा रोपवेको निर्माण भएको ग्राभिटी गुड्समा स्थानिए नागरिकले ५ लाख ३६ हजार २ सय ५६ रुपयाँ जनश्रमदान गरेको रोपवे व्यवस्थापन समितिका अध्यक्ष झलक रोकाले जानकारी दिनुभयो । जसमा उक्त ग्राभिटी गुड्स बाट वडा नम्बर ८ को कुचिबाङ छमाल्ने माल्लुङ झिम्काको कृर्षकले सेवा लिन पाउने छन ।

कुचिबाङबाट काडाबगर सम्म ९० किलो र काडाबगरबाट कुचिबाङ ३० किलो सामान ओसारपसार गर्न सकिने रोपवे व्यवस्थापनको अध्यक्ष रोकाले बताउनुभयो । स्थानीय जीबन सुनारका अनुसार यो सेवा सुरु भएपछि स्थानीय कृषकहरुलाई आफ्ना कृषि उत्पादन ओसारपसार गर्न निकै सहजता भएको छ । यसअघि ५ घन्टा भारी बोकेर समान ओसारपसार गर्नुपर्नेमा भएले तीन मिनेटमा उक्त ढुवानी हुनेछ । घर देखि हामिले उत्पादन गरेको फलफुल बजार सम्म पुर्याएर बजार देखि दैनिक उपभोग्य दाल चामल तेल र किराना सामान ओसारपसार गर्न मिल्दा धेरै हसजता भएको सुनारको भनाई रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button