तपाईँ सुन्दै हुनुहुन्छः

‘रुस शान्तिका लागि तयार छ तर अर्को पक्ष…’

नयाँदिल्ली। रुसले युक्रेनसँगको द्वन्द्वको शान्तिपूर्ण समाधान चाहेको तर किएभ मस्कोसँग वार्ता गर्न अनिच्छुक रहेको भारतका लागि रुसका राजदूत डेनिस अलीपोभले बताउनुभएको छ ।

एएनआईसँगको अन्तर्वार्तामा राजदूत अलीपोभले रुस र युक्रेनबीचको तनावपूर्ण अवस्थाका बाबजुद युक्रेनका पश्चिमा समर्थकहरूले उसलाई निरन्तर हतियार र सैन्य उपकरण आपूर्ति गरिरहेका बताउनुभयो । 

“स्थिति स्पष्ट रूपमा तनावपूर्ण छ, लडाइँ जारी छ । हामी सुरुदेखि वार्ताका लागि खुला छौँ । द्वन्द्वको शान्तिपूर्ण समाधान खोजेका छौँ । यद्यपि युक्रेनी पक्षले बारम्बार वार्तामा रुचि नरहेको बताएको छ,” पूर्वतर्फ नेटोको विस्तार खतरनाक रहेको तथा यदि पूर्वी युरोपका देशहरू आपसी समझदारीमा नआएमा त्यसले सैन्य द्वन्द्व निम्त्याउने यथार्थ रुसले स्पष्ट पारेको बताउँदै राजदूत अलिपोभले भन्नुभयो । 

“कसैले हाम्रो कुरा सुनेनन् । रुसको दृष्टिकोणलाई असान्दर्भिक भनेर खारेज गरिएको छ ।  अहिले पश्चिमा देशले लिएको अडिग अडानको परिणाम हामीले भोगिरहेका छौँ,” रुसले आक्रामक अडान नलिएको स्पष्ट गर्दै उहाँले थप्नुभयो । वर्तमान द्वन्द्वको शान्तिपूर्ण समाधान पश्चिमा देश र युक्रेनमा निर्भर रहेको उल्लेख गर्दै उहाँले रुसका गुनासा सम्बोधन भएमा वार्ता सहज हुने बताउनुभयो । 

रुसविरुद्धको प्रतिबन्धलाई रुसविरुद्धको ‘आर्थिक युद्ध’ भन्दै राजदूत अलिपोभले ती प्रतिबन्धका बाबजुद आफ्नो देशको अर्थव्यवस्था बढ्दै गएको, कूल गार्हस्थ्य उत्पादनमा वृद्धि भएको तथा वित्तीय स्थिति पनि स्थिर रहेको बताउनुभयो । छ । स्पष्ट रूपमा, हामीले स्थायित्व सुरक्षित गर्न ठूलो काम गरेका छौँ । रूसी अर्थतन्त्रलाई तहसनहस पार्न खोज्ने असफल भएका उहाँले दाबी पनि गर्नुभयो । 

अर्को प्रसङ्गमा रुसी राजदूतले भन्नुभयो, “हामी अन्तरराष्ट्रिय आर्थिक सहयोगबाट वञ्चित हुन चाहदैनौँ, हामीलाई एक्ल्याउने प्रयास भएको छ तर हामी खुला छौँ र खुलापनलाई जारी राखेका छौँ । हामी युरोपेली देशका साथै संयुक्त राज्य अमेरिकासँग व्यापार गर्न चाहन्छौँ । हाम्रा विरोधी देशका कम्पनी र व्यापारिक समुदाय पनि हामीसँग सहकार्य गर्न इच्छुक छन् तर राजनीतिक नेतृत्वले उनीहरूलाई हामीसमक्ष पुग्न निषेध गरेको छ ।”एएनआई

प्रतिक्रिया राख्नुहोस्

Back to top button