आफन्तको मृत्यु संस्कारमा आएकी महिलाको दुर्घटनामा मृत्यु
वीरगन्ज । पर्साको विन्दवासिनी गाउँपालिका वडा नम्बर ५ प्रसौनीभाठा चोकमा मोटरसाइकल दुर्घटनामा परी भारतबाट नेपालमा आफन्तको मृत्यु संस्कारमा आएकी एक महिलाको मृत्यु भएको छ ।
भारतको भेलाहीबाट नेपालतर्फ बीआर ०५ एएस ०४६८ नम्बरको भारतीय मोटरसाइकलमा आउँदै गरेकी भारत पूर्वी चम्पारण भेलाही निवासी ६० वर्षकी महिला सुदामा देवीको मोटरसाइकलबाट लडेर मृत्यु भएको हो ।
भारतबाट नेपालमा आफन्तको मृत्यु संस्कारमा आउँदै गरेकी महिला आइतबार साँझ पर्साको बिन्दबासिनी गाउँपालिका वडा नं.५ प्रसौनीभाटा चोकमा मोटरसाइकलबाट लडेर गम्भीर घाइते भएकी र सुदामादेवीलाई उपचारका लागि लैजान एम्बुलेन्स खोज्दा खोज्दै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।
मोटरसाइकलमा पछाडि बसेर आएकी सुदामादेवी एक्कासि प्रसौनीभाटा चोकमा आएपछि मोटरसाइकलबाट लडेकी थिइन् ।
घटनास्थलबाट प्रहरीले मोटरसाइकल र मोटरसाइकल चालक १६ वर्षीया बालिकालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडी बढाएको छ ।
मृतकको शव नारायणी अस्पतालमा पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता गिरीले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्