पाकिस्तानमा भ्यान दुर्घटना हुँदा सात जनाको मृत्यु, ११ घाइते
इस्लामाबाद । उत्तर पश्चिम पाकिस्तानमा भ्यान दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।
पाकिस्तानको उत्तर पश्चिमी खैबर पाख्तुनख्वा प्रान्तको मानसेरा जिल्लामा यात्री बोकेको एउटा भ्यान दुर्घटना हुँदा कम्तीमा सात जनाको मृत्यु हुनाका साथै अन्य ११ जना घाइते भएका उद्धार सेवाका एक जना अधिकारीले बताएका छन् ।
मानसेराको माङ्ला क्षेत्रमा चालकले नियन्त्रण गुमाउँदा गाडी सडकबाट खसेर दुर्घटना हुँदा उक्त हताहती भएको हो ।
दुर्घटनाको खबर प्राप्त हुनासाथ स्थानीयवासी र उद्धारकर्मी घटनास्थलमा पुगेका थिए । उनीहरूलाई तत्काल अस्पताल पुर्याइएको उद्धार सेवाले जनाएको छ । दुर्घटनामा छ जना पुरुष र एक महिलाले ज्यान गुमाएका हुन् ।
मर्मत सम्भार नगरिएका सडक एवं सवारीसाधन, लापरबाहीपूर्वक सवारी सञ्चालन, सवारी नियमको अक्षरशः पालना नहुँदा पाकिस्तानमा नियमित रूपमा सडक दुर्घटना हुने गरेका छन् ।








प्रतिक्रिया राख्नुहोस्