फोनिजको स्थापना दिवसको अवसरमा २ वटा अक्षय कोषको घोषणा
धनकुटा । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) धनकुटाले २ वटा अक्षय कोष स्थापना गर्दै २४ औँ स्थापना दिवस मनाएको छ ।

फोनिज धनकुटाले उत्तर पानी प्राविधिक शिक्षालयको सभाहलमा ‘पहिचानको आन्दोलनमा मिडियाको भूमिका’ विषयक अन्तरक्रिया र अक्षय कोषको घोषणा सहित शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको हो ।
फोनिज धनकुटाले लामो समयदेखि सङ्कलित रकमबाट हरेक ३ वर्षमा क्रियाशील पत्रकारलाई पुरस्कृत र अग्रज पत्रकारलाई सम्मान गर्ने उद्देश्यले ५ लाखको र फोनिज धनकुटाका सचिव पूर्णकुमार चौधरीको स्मृतिमा चौधरीको परिवारलाई हरेक वर्ष प्रदान गर्ने गरी ३ लाखको पूर्णकुमार स्मृति अक्षय कोष स्थापना गरेको हो ।

पूर्णकुमार स्मृति अक्षय कोषमा फोनिजका देश तथा विदेशका समितिको सहयोगमा घोषणा गरिएको जोसुकैले सहयोग गर्न सकिने फोनिज धनकुटा अध्यक्ष विनु चेम्जोङले बताउनुभयो ।
कार्यक्रममा पाख्रिबास नगरपालिकाका प्रमुख ज्ञानबहादुर गुरुङले फोनिजले स्थापना गरेको अक्षय कोषमा सहयोग गर्ने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्