तपाईँ सुन्दै हुनुहुन्छः

सिरहामा तोकिएको एमालेको सचिवालय बैठक स्थगन

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय सचिवालयको यही भदौ ९ गते सिरहा जिल्ला धनगढीमाई नगरपालिका–४ मा तोकिएको विशेष बैठक प्रतिकूल मौसमका कारण स्थगन भएको छ ।

तत्कालीन नेकपा (माले) को चौथो राष्ट्रिय महाधिवेशन आयोजना गरिएको ऐतिहासिक स्थल सर्रे अम्बासमा हुने लागेको बैठक अविरल वर्षा, बाढीका कारण स्थगन भएको सो पार्टीका केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button