तपाईँ सुन्दै हुनुहुन्छः

अर्थतन्त्र सुधारका लागि उद्यमशीलतामा जोड दिनुपर्छ : मुख्यमन्त्री चौधरी

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मुलुकको अर्थतन्त्र सुधारका लागि युवा उद्यमशीलतामा जोड दिनुपर्ने बताउनुभएको छ ।

नेपाल जेसीजले तिलोत्तमामा आयोजना गरेको जेसीज क्षेत्र ‘घ’ सम्मेलन उद्घाटन गर्दै आज मुख्यमन्त्री चौधरीले पलायन भइरहेका युवा जनशक्तिलाई रोक्न मुलुकभित्रै रोजगारी सिर्जना गर्नुपर्ने बताउनुभयो ।

उहाँले लुम्बिनी प्रदेशमा दुई लाख युवालाई रोजगारी सिर्जनाका लागि कार्यक्रम ल्याएको र उक्त कार्यक्रमका लागि सहयोग गर्न जेसीजसमक्ष आग्रह गर्नुभयो । मुलुकको भविष्य युवाको काँधमा रहेको बताउँदै उहाँले युवालाई जिम्मेवार भएर प्रस्तुत हुन पनि आग्रह गर्नुभयो । जेसिजमा उद्यमशील युवा आबद्ध रहेको भन्दै उहाँले रोजगारी सिर्जनामा सरकारले जेसिजसँग सहयोगको अपेक्षा गरेको बताउनुभयो ।

नेपाल जेसीजका अध्यक्ष विकास मानन्धरले जेसिजमा १८ देखि ४० वर्ष उमेर समूहका युवाको सङ्ख्या बढी रहेको जानकारी गराउँदै युवाको नेतृत्व विकासमा काम गर्दै आएको भनाइ राख्नुभयो ।

तिलोत्तमा जेसिजको आतिथ्यतामा दुई दिनसम्म चल्ने जेसिज क्षेत्र घ सम्मेलनमा विभिन्न विषयमा कार्यपत्र प्रस्तुत तथा प्यानल छलफल हुने तिलोत्तमा जेसिजका अध्यक्ष प्रकाश गौतमले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button