तपाईँ सुन्दै हुनुहुन्छः

चीन भ्रमणका क्रममा नाकाको पूर्ण सञ्चालन र मानसरोवर रुटको विषय उठाउने प्रधानमन्त्रीको प्रतिबद्धता 

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो आगामी चीन भ्रमणका क्रममा नेपाल चीनबीचको व्यापारिक तातोपानी नाका पूर्ण रुपमा सञ्चालन गर्ने विषय प्राथमिकतामा राख्ने बताउनéएको छ । 

तातोपानी नाका क्षेत्रको सडक स्तरोन्नति गरी सोही रुटबाट मानसरोवर पर्यटकीय मार्गका लागि राजनीतिक र कूटनीतिक पहल गरिदिन ध्यानाकर्षण पत्र लिएर शुक्रबार बिहान बालुवाटार पुगेको सांसद माधव सापकोटा नेतृत्वको टोलीसँग प्रधानमन्त्रीले यस्तो प्रतिबद्धता जाहेर गरेका हुन् । प्रधानमन्त्रीले ‘प्रचण्ड’ले सिन्धुपाल्चोकका लागि आफूले विगतमा पनि ध्यान दिएको स्मरण गर्दै सडक स्तरोन्नति र मानसरोवर जाने रुटबारे नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताउनéएको हो । 

शुक्रबार बिहान सिन्धुपाल्चोकबाट निर्वाचित जनप्रतिनिधिहरू र तातोपानी क्षेत्रका व्यवसायीहरूसहित प्रधानमन्त्री निवास बालुवाटार पुगेका सांसद सापकोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पाँच बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै सिन्धुपाल्चोकको बलेफी गाउँपालिका र बाह्रबिसे नगरपालिकाको सिमानामा पर्ने जुरे पहिरो देखि लिपिङ सम्मको करिब ३० किलोमिटर सडक स्तरोन्नति र आगामी सेप्टेम्बरदेखि नाकाबाट मानव आवत जावत गर्ने सहमति भएको सन्दर्भमा सो रुट प्रयोग गरी मानसरोवर जान कूटनीतिक पहल गरिदिन ध्यानाकर्षण गराउनéएको हो । 

सापकोटासँगै ध्यानाकर्षणपत्र बुझाउन बागमती प्रदेश सभा सदस्य अमृता नेपाल, माइली तामाङ, भोटेकोशी गाउँ पालिकाका पूर्व अध्यक्ष राजकुमार पौडेल, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका महासचिव शम्भु तिमल्सिना, हिमालय सिमापार वाणिज्य संघका अध्यक्ष अशोक श्रेष्ठ,  उपाध्यक्ष रामहरि कार्की, नेपाल ट्रक कन्टेनर ढुवानी सेवा प्रा लिका अध्यक्ष अर्जुन सापकोटा,  महासचिव कृष्ण क्षेत्री,  तातोपानी पर्यटन व्यवसायी संघका  शेर बहादुर मगर, भुपेन्द्र भण्डारी, ध्रुब थापालगायत बालुवाटार पुग्नéएको थियो ।  

सांसद सापकोटा नेतृत्वको सो टोलीले आजै उपप्रधानमन्त्री एवं गृहमन्त्री श्री नारायणकाजी श्रेष्ठ र परराष्ट्र मन्त्री एन पि साउदलाई  सिंहदरबारस्थित मन्त्रालयमा पुगेर छुट्टाछुट्टै भेट गरी सोही ब्यहोराको ध्यानाकर्षणपत्र बुझाएको छ । गृहमन्त्रीलाई बुझाइएको ध्यानाकर्षण पत्रमा अध्यागमन कार्यालय निर्माण एवं व्यवस्थित गर्ने विषयलाई जोड दिइएको छ भने परराष्ट्रमन्त्रीलाई नाकाको पूर्ववत् सञ्चालन र मानसरोवर तीर्थयात्राका लागि रुटका लागि कूटनीतिक पहल दिइदिन ध्यानाकर्षण गराइएको छ ।

ध्यानाकर्षण पत्रमा भनिएको छ ‘बलेफी गाउँपालिका र बाह्रबिसे नगरपालिकाको जुरेदेखि नाका सम्मको करिब ३० किलोमिटर सडक भूकम्प र बाढीका कारण नराम्ररी बिग्रिएको छ । जीर्ण सडकका कारण सो क्षेत्रमा निकै सास्ती खेप्नु परेको छ । चीनसँगको मितेरी पुल रहेको, ऐतिहासिक नाका क्षेत्र जोड्ने सो सडकको स्तरोन्नतिका लागि विशेष व्यवस्थाको हाम्रो पुरानै माग सुनुवाई हुन सकेको छैन, यस सन्दर्भमा सम्माननीय प्रधानमन्त्रीज्यूको ध्यान जाने छ भन्ने विश्वास व्यक्त गर्दछु ।’ 

यस्तै पत्रमा आगामी सेप्टेम्बरदेखि मानव आवत जावत सुचारु गर्ने सहमति भइसकेकोमा तिब्बतस्थित धार्मिक तीर्थस्थल मानसरोवर यात्राका लागि सो रुटको प्रयोग गर्ने व्यवस्थाका लागि प्रधानमन्त्री कै तहबाट कूटनीतिक पहल हुने अपेक्षा गरिएको छ। नेपालबाट मानसरोवर जान सो रुट तुलनात्मक रुपमा छोटो, छिटो र सस्तो रहेको  विषय उल्लेख गर्दै ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘सम्माननीय प्रधानमन्त्रीज्यूको निकट भविष्यमा हुने चीन भ्रमण, यसबिचमा हुने उच्चस्तरका कूटनीतिक भेटघाटका क्रममा यस ऐतिहासिक तातोपानी नाकासँग सम्बन्धित विषयहरूले प्राथमिकता पाउने छन् भन्नेमा हामी पूर्ण विश्वस्त छौँ । सो क्षेत्रबाट प्रत्यक्ष निर्वाचित जनप्रतिनिधि एवं स्थानीय राजनीतिकर्मीका रुपमा बाह्रबिसे लिपिङ सडक खण्डको मर्मत, स्तरोन्नति र पर्यटकीय रुटका सन्दर्भमा विशेष ध्यानाकर्षण गराउन चाहन्छु ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button