तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोका कारण अवरुद्ध कान्तिलोकपथ सुचारु

मकवानपुर।पहिरोका कारण अवरुद्ध रहेको हेटौँडा हुँदै काठमाडौँ जोड्ने छोटो दुरीको कान्तिलोकपथ सञ्चालनमा आएको छ ।

कान्तिलोकपथअन्तर्गत ललितपुरको भट्टेडाँडामा गए राति पहिरो जाँदा अवरुद्ध बनेको सडक पहिरो पन्छाएसँगै अहिले सञ्चालनमा आएको मकवानपुर प्रहरीले जनाएको छ ।

बिहीबार देखि परेको अविरल वर्षा सँगै ललितपुरको भट्टेडाँडा काल्चे लगायतको स्थानमा सडक माथिबाट चट्टान सहितको पहिरो खसेको कारण सडक अवरुद्ध बनेको थियो ।

सडक डिभिजनको डोजर प्रयोग गरेर अवरुद्ध सडक सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button