तपाईँ सुन्दै हुनुहुन्छः

दोषी कोही पनि उम्कन हुँदैन : नेता कोइराला

जनकपुरधाम । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले नेपालको प्रतिष्ठालाई सुन र भुटानी शरणार्थी काण्डले घटाएको भन्दै यी दुई काण्डका दोषी कोही पनि उम्कन नहुने बताउनुभएको छ ।

नेपाली काँग्रेस धनुषाको पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले दुई काण्डबाट नेपालले अन्तर्राष्ट्रिय जगतमा आर्जन गरेको प्रतिष्ठालाई धुमिल बनाउने काम भएकाले यसको छानविन निष्पक्ष रुपमा हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले ललिता निवास, ओमनी काण्ड तथा गौर हत्या काण्डका घटनाको पनि निष्पक्ष रुपमा छानविन हुनुपर्ने र उक्त काण्डहरूको छानविन अन्तिम निष्कर्षमा नपुर्‍याए मुलुक अझै भ्रष्टाचारको दलदलमा फस्दै जाने खतरा रहेको बताउनुभयो ।

काँग्रेसका नेता डा. कोइरालाले वर्तमान सरकारमा नेपाली काँग्रेस सहभागी भएको तीन महिना मात्र भएको बताउँदै अहिले नै काँग्रेसका मन्त्रीहरूको मूल्याङ्कन गर्ने बेला नभएको बताउनुभयो ।

पत्रकार सम्मेलनमा पार्टीका केन्द्रीय सदस्य नयनसिंह महर, रामकृष्ण यादव, मधेश प्रदेशका पूर्वमन्त्री रामसरोज यादव, डा. चन्द्रमोहन यादव सहितका नेताहरू उपस्थित हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button