झापाका चिया श्रमिकको आन्दोलन १० दिनका लागि स्थगित

भद्रपुर, झापा । ज्याला वृद्धिको माग गर्दै आन्दोलनमा उत्रिएका झापाका चिया श्रमिकको आन्दोलन १० दिनका लागि स्थगित भएको छ ।
वार्ता र संवादका लागि भन्दै ट्रेड युनियनहरूले भदौ १७ गतेसम्मका लागि आन्दोलन स्थगित गरेका हुन् ।
आज भदौ ७ गतेदेखि चिया बगान र प्रशोधन कारखाना बन्द गर्ने पूर्व घोषित आन्दोलनको कार्यक्रम १० दिनका लागि पछाडि सारिएको नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक सङ्घका उपाध्यक्ष सहीकुमार राईले बताउनुभयो ।
चिया श्रमिक आन्दोलनको तयारीमा लागिरहेका बेला सरकारले साउन १ गतेदेखि लागू हुने गरी भन्दै श्रमिकको ज्याला वृद्धि गर्ने निर्णय गरेको थियो । तर, ज्याला कार्यान्वयनका विषयमा चिया उद्योगीले सार्वजनिक रूपमा असहमति जनाइसकेका छन् ।
सरकारले तोके अनुरूपको ज्याला कार्यान्वयनका लागि सहज वातावरण बनाउन भदौ १७ गतेसम्मका लागि आन्दोलन स्थगित गरिएको अखिल नेपाल चिया मजदुर सङ्घले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्