तपाईँ सुन्दै हुनुहुन्छः

कोसी प्रदेशको विश्वासको मतको विवाद पुनः सर्वोच्चमा

काठमाडौँ । सर्वोच्च अदालतमा कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको विवाद पुनः असंवैधानिक भएको उल्लेख गर्दै रिट निवेदन दायर गरिएको छ ।

नेकपा (एमाले) का कोसी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कोसी प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री थापालगायतलाई विपक्षी बनाई उक्त रिट निवेदन दायर गर्नुभएको हो । 

उक्त विवादको सुनुवाइ भोलिका लागि तय भएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिनुभयो ।

रिट निवेदनमा यही भदौ ४ गते मुख्यमन्त्री थापाले कोसी प्रदेशसभामा विश्वासको मत परीक्षण गर्दा सभाध्यक्षको मत प्रयोग गरेर विश्वासको मत पाएको घोषणा गर्नु गैर संवैधानिक भएको उल्लेख छ । 

नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार गठन भएको सरकारले विश्वासको मत नपाएको हुँदा संविधानको धारा १६८ को ३ बमोजिम आफूलाई मुख्यमन्त्री नियुक्तिका लागि परमादेशको आदेशको माग रिट निवेदनमा माग गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button