नापी कार्यालय लहानका अमिन घुस सहित पक्राउ

लहान । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले नापी कार्यालय लहानका अमिन दिपरन्जन यादवलाई नगद १० हजार रुपैयाँ घुस सहित पक्राउ गरेको छ ।
लहान—१ स्थित कार्यालयबाट आज करिब साढे १२ बजे पक्राउ गरेको हो । जग्गाको लालपुर्जाको लागि सेवाग्राहीसँग रुपैयाँ माग गरेको सूचनाको आधारमा यादवलाई अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको हो ।
पक्राउ परेका यादवलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका कार्यालय प्रमुख राम बहादुर कुरुम्वाङले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्