तपाईँ सुन्दै हुनुहुन्छः

बृहत् सांस्कृतिक र स्रष्टा अभिनन्दन कार्यक्रम सम्पन्न 

काठमाडौँ  । सांस्कृतिक समाज नेपालका अध्यक्ष रामप्रसाद अवस्थीको सभापतित्वमा बृहत् सांस्कृतिक र स्रष्टा अभिनन्दन कार्यक्रम सम्पन्न भएको छ । 

नेकपा एमालेका अध्यक्ष केपी ओलीको प्रमुख आतिथ्ययतामा सम्पन्न कार्यक्रममा परराष्ट्र मन्त्री नारायणप्रसाद साउँद (एन.पी) र नेकपा एमालेका नेता भीम बहादुर रावल, लखेराज भट्टलगायत विभिन्न व्यक्तिहरूको उपस्थितिमा पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द, साहित्यकार आर.डि.प्रभाष चटौत, रामानन्द आचार्य, गायक नन्दकृष्ण जोशी,कलाकार मिथिला शर्मा, यज्ञराज उपाध्याय, डिग्रा देवी बादी, र सङ्गीता रोकाय लगायतलाई अभिनन्दन गरिएको थियो । 

वक्ताहरूले भौगोलिक क्षेत्रले पछि परेता पनि भाषा सांस्कृतिक, लोक सांस्कृतिक र साहित्यमा अगाडी रहेको सुदूरपश्चिम कालि कर्णाली भाषा संस्कृतिको जननी भएको बताउनुभएको थियो । 

सो अवसरमा पूर्व प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीले सामाजिक क्षेत्रको विकासका लागि दलगत राजनीतिभन्दा माथि उठेर हातेमाले गर्दै अगाडी बढ्नुपर्ने बताउनुहुँदै पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द, आर.डि.प्रभाष चटौत, रामानन्द आचार्य, यज्ञराज उपाध्याय, डिग्रादेवी बादी, डेउढा गायक नन्दकृष्ण जोशी, कलाकार मिथिला शर्मा, र सङ्गीता रोकायलाई अभिनन्दन गर्नुभयो । 

बच्चे बाजा, छलिया नृत्य, र देउडा गायनबाट सुरु भएको कार्यक्रमको दमाहा (डाईनो) बजाएर प्रमुखअतिथी ओलीले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । 

कार्यक्रममा सांस्कृतिक समाज नेपालका अध्यक्ष रामप्रसाद अवस्थीले विभिन्न क्षेत्रमा रहेर भाषा साहित्य, लोक गायन क्षेत्रबाट सुदूरपश्चिमको चिनारीका लागि ठुलो योगदान गर्ने विशिष्ट व्यक्तित्वहरूलाई अभिनन्दन हुँदा सुदूरपश्चिमको मात्र नभएर नेपालकै चिनारीका लागि महत्त्वपूर्ण विषय भएकोले विश्वले नजिकबाट हर्ने मौका पाएको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button