डडेलधुरा मेडिकल कलेज सञ्चालन हुने

डडेलधुरा । डडेलधुरामा मेडिकल कलेज सञ्चालन हुने भएको छ ।
कलेज सञ्चालनका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, शिक्षा मन्त्रालय र सुदूरपश्चिम विश्व बिद्यालयबीच त्रिपक्षीय सम्झौता सम्झौतापछि यसै वर्षको माघदेखि कक्षा मेडिकल कलेज सञ्चालनको काम अगाडि बढाइने भएको छ ।
मङ्गलवार चिकित्सा शिक्षा आयोगको टोलीले डडेलधुरामा मेडिकल कलेज अध्यापन अनुमति प्रदान गर्न अनुगमन समेत गरेको थियो । आयोगकी शाखा अधिकृत नारायणी जोशीसँगै प्राध्यापक भुवनकुमारी डङ्गोल, दिपेन्द्र झा र उपप्राध्यापक महेशप्रसाद भुषालसहितको टोलीले अनुगमन गरेको हो ।
उक्त टोलीले डडेलधुरा अस्पतालका सम्पूर्ण विभागसँगै अस्पतालमा निर्माणाधीन भवन, मेडिकल कलेजको नाममा रहेको जग्गा लगायतको अनुगमन गरेको हो ।
सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति डा.अम्मराज जोशीले सुदूरपश्चिम विश्वविद्यालयको आधार संकायका रूपमा सञ्चालन हुने डडेलधुरा मेडिकल कलेजले अनुमति पाए माघदेखि कक्षा सञ्चालन हुने बताउनुभयो ।
‘ब्याचुलर इन मेडिकल ल्याब टेक्नोलोजी, पब्लिक हेल्थ, फार्मेसी, फिजोयोथेरापी र बिएसी नर्सिङका कक्षा सञ्चालन गर्नका लागि अनुमति माग गरिएको ,’ डडेलधुरा मेडिकल कलेजका डिन हेमनाथ जोशीले बताउनुभयो ।
सोही क्रममा मङ्गलवार चिकित्सा शिक्षा आयोगको टोलीले डडेलधुरा मेडिकल कलेजमा अध्यापन अनुमति प्रदान गर्नका लागि अनुगमन गरेको छ ।
सुदूरपश्चिम विश्वविद्यालय, स्वास्थ्य विज्ञान संकायका डिन हेमनाथ जोशीका अनुसार डडेलधुरा मेडिकल कलेजमार्फत ५ वटा विषय अध्यापनका लागि चिकित्सा शिक्षा आयोगलाई अनुमति माग गरिएको थियो । ‘हामीले ब्याचुलर इन मेडिकल ल्याब टेक्नोलोजी, पब्लिक हेल्थ, फार्मेसी, फिजोयोथेरापी र बिएसी नर्सिङका कक्षा सञ्चालन गर्नका लागि अनुमति माग गरेका थियौँ,’ डिन जोशीले भन्नुभयो , ‘ती विषयका कक्षा सञ्चालनका लागि आवश्यक पूर्वाधार र उपकरण छन् वा छैनन् भनेर चिकित्सा शिक्षा आयोगको टोलीले अनुगमन गरेको छ ।’ डिन जोशीले ५ वटा विषयका कक्षा सञ्चालनका लागि १७ जना उपप्राध्यापक र सहप्राध्यापक भर्ना गर्न आवेदन पनि खुला गरिएको जानकारी दिनुभयो ।
मङ्गलवार चिकित्सा शिक्षा आयोगले पठाएको चार सदस्यीय टोलीले डडेलधुरा अस्पतालका सम्पूर्ण विभागसँगै अस्पतालमा निर्माणाधीन भवन, मेडिकल कलेजको नाममा रहेको जग्गा लगायतको अनुगमन गरेको छ ।
टोलीमा आयोगकी शाखा अधिकृत नारायणी जोशीसँगै प्राध्यापक भुवनकुमारी डङ्गोल, दिपेन्द्र झा र उपप्राध्यापक महेशप्रसाद भुषाल सहितको टोलीले अनुगमन गरेको हो ।
यस्तै सो क्रममा सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति डा.अम्मराज जोशी, रजिष्ट्रार यज्ञराज पाठक लगायतको पनि सहभागिता रहेको थियो । सुदूरपश्चिम विश्वविद्यालयको आधार संकायका रूपमा सञ्चालन हुने डडेलधुरा मेडिकल कलेजले अनुमति पाए माघदेखि कक्षा सञ्चालन हुने उपकुलपति जोशीले बताउनुभयो ।
‘हामीले ५ विषयका लागि अनुमति मागेका थियौँ र चिकित्सा शिक्षा आयोगको टोलीले अनुगमन पनि गरिसकेको छ,’ उहाँले भन्नुभयो, ‘५ वटै विषयको पनि अनुमति पाए हामी आयोगले कक्षा सञ्चालनका लागि तोकेको मितिमै यहाँ पनि कक्षा सञ्चालन गर्न सक्छौँ ।
’डडेलधुरा अस्पताल अहिले एक सय शय्यामा सञ्चालनमा छ । निमार्णाधिन भवन हस्तान्तरणको अन्तिम चरणमा रहेकाले तीन सय शय्यामा सञ्चालनमा आए एम.बिबिएसको अध्ययन पनि सुरु गर्ने उपकुलपति जोशीले बताउनुभयो ।
डडेलधुरामा मेडिकल कलेज स्थापनका लागि स्थानीयहरूले पनि पटक–पटक माग गर्दै आएका थिए ।
प्रतिक्रिया राख्नुहोस्