दुई वर्षभित्र सबैलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क : स्वास्थ्यमन्त्री बस्नेत
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले दुई वर्षभित्र सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने योजना रहेको बताउनुभएको छ ।

औषधि व्यवस्था विभागले फर्मासिष्ट व्यवसायीहरूका लागि आयोजना गरेको तालिममा मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रको बेथिति सुधार गरी जनतालाई सरल र सहज रुपमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने विषयमा कुनै सम्झौता नहुने स्पष्ट पार्नुभयो ।
मन्त्री बस्नेतले हाल वीर अस्पतालमा लागू गरिएको बिहान ८ बजेदेखि सुरु हुने ओपिडी सेवा क्रमशः देशभर विस्तार गर्ने योजना रहेको पनि जानकारी दिनुभयो ।
स्वास्थ्यमन्त्री बस्नेतले फर्मासिष्टहरुले जनताको स्वास्थ्यलाई ध्यानमा राखेर व्यवसाय गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्