तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधि सभाको बैठक भोलि सम्मका लागि स्थगित

काठमाडौँ । प्रतिनिधि सभाको बैठक भोली सम्मका लागि स्थगित भएको छ । 

आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठक विशेष कारणले बस्न नसकेको भनी सूचना टाँसेर भोली दिउँसो ३ बजे सम्मका लागि स्थगित गरिएको हो । 

सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन हुनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले यही साउन १० गते देखी निरन्तर संसद् बैठक अवरोध गर्दै आएको छ । 

संसद्को गतिरोध अन्त्यका लागि दलहरुबीच निरन्तर छलफल भइरहेको र उच्चस्तरीय छानविन समिति गठन गर्ने विषयमा दलहरू सहमति नजिक पुगे पनि ठोस सहमति हुन बाँकी रहेका कारण आजका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक प्रभावित भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button