तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा एकीकृत समाजवादीको केन्द्रिय कमिटी बैठक जारी, अध्यक्ष नेपालद्वारा राजनीतिक प्रतिवेदन पेस

काठमाडौँ I नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको छैठौ बैठक जारी छ । 

काठमाडौँमा आजदेखि सुरु भएको बैठकमा अध्यक्ष माधव कुमार नेपालले पार्टीको वैचारिक दृष्टिकोणसहितको राजनीतिक प्रतिवेदन पेस गर्नुभयो । 

अध्यक्ष नेपालले बैठकलाई सम्बोधन गर्नुहुँदै नेपालको राजनीतिमा आफ्नो पार्टीको विशेष भूमिका र महत्त्व रहेको र यो सबै नेता तथा कार्यकर्ताको प्रयास र सङ्घर्षबाट सफल भएको बताउनुभयो । 

उहाँले नेकपा एमालेबाट आफूहरूले गरेको विद्रोह जायज रहेको र यसलाई सबैले मनन गर्नुपर्ने उल्लेख गर्नुभयो । 

बैठकमा राजनीतिक परिस्थिति एवं घटनाक्रमका साथै सङ्गठनको पुनः गठन, पार्टीको भूमिकालाई सशक्त बनाउने विषयमा छलफल हुने पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । 

आजदेखि सुरु भएको बैठक भदौ ७ गतेसम्म चल्नेछ । 

अध्यक्ष माधवकुमार नेपालले पेश गर्नुभएको प्रतिवेदन 

प्रतिक्रिया राख्नुहोस्

Back to top button