तपाईँ सुन्दै हुनुहुन्छः

मिटर ब्याज : यथेष्ट प्रमाणको अभावमा मिलापत्रमा कठिनाइ

नवलपरासी।पश्चिम् नवलपरासीमा कतिपय मिटरब्याजीका मुद्दामा साहु र ॠणि पक्ष सँग प्रमाण नहुँदा दुवै पक्ष बिच हुने मिलापत्रमा कठिनाइ भएको छ ।दुवै पक्षले प्रमाण लिएर न आउँदा मिलापत्र टुङ्गोमा पुग्न सकेको छैन ।

मिलापत्रका लागि दुवै पक्षलाई बोलाउँदा मिटरब्याजी साहुहरूले ऋण दिएको भन्दा धेरै रकम बताउने गरेको पाइएको छ ।भने अर्कातिर कतिपय पीडितहरू सँग समेत प्रमाणको अभाव हुने गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
“दुवै पक्षलाई राखेर निरन्तर संवाद र छलफलमै छौ केही जटिलताहरू देखिएका छन् यद्यपि हामीले सकेसम्म दुवै पक्षलाई सहमत गराउने निरन्तर प्रयास गर्ने गर्छौ”सहायक प्रमुख जिल्ला अधिकारी प्रकाश देवकोटाले बताउनु भयो।

साहु र ऋणी बिचको छलफलमा प्रमाणको अभाव देखिए पछि सहमति कम हुने गरेको छ । पश्चिम नवलपरासीमा १९ सय १८ जनाको निवेदन साउन मसान्तसम्म परेको भएपनि सोही अवधिमा १ सय २९ वटामा छलफल हुँदा ७६ वटा मात्र सहमति भएको जिल्लास्तरीय मीटरब्याज पीडित समन्वय समितिका सदस्य सचिव राज कुमार यादवले जानकारी दिनुभयो। ७६ वटा सहमति हुँदा ५० वटा असहमति भएका छन् भने २ वटा जिल्ला अदालत गएका छन् ।

जिल्लामा एउटै साहुबाट थुप्रैले ॠण लिएका छन् । उनीहरूले ऋण दिए बापत जग्गा दृष्टि बन्धक बढी गराएको पाइएको छ । साउनसम्म परेका निवेदनमा कति रकम ऋण लगानी भएको र कति रकम र कति जग्गा फिर्ता भएको भन्ने पनि खुलेको छैन । साहुले ऋणीलाई दिएको सावा रकमनै बढाउने गरेका कारण सहमति हुन नसकेको मिटर ब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघष समितिका उपाध्यक्ष कुल बहादुर थापाले बताउनु भयो ।

सावा रकमनै बढाउने गरेकाले सहमतिमा समस्या आउने गरेको उहाँको भनाई छ । जिल्लामा दिनहुँ छलफल हुने गरेको भएपनि उल्लेख्य सफलता भने देखिएको छैन । अहिलेसम्म छलफल भएर सहमति भएका भनिएका ७६ वटाको पनि ठोस निर्णयमा पुगेको पाइँदैन । छलफल दिनहुँ जसो हुने गरेको भएपनि छलफल अनुरूपको परिणाम देखिएको छैन।

अहिले सम्म सहमति भएको भनिएपनि न साहुले पैसा पाएका छन् न ऋणीले जग्गानै फिर्ता पाएका छन् । जिल्लाको प्रतापपुर र सुस्ता गाउँ पालिकामा सबैभन्दा बढी पीडित भएका छन् । जिल्ला प्रशासन कार्यालयमा प्रत्येक दिन ऋणी र साहु जुटेन गरेको भएपनि ठोस उपलब्धी हुन नसकेको मिटर ब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघष समितिका उपाध्यक्ष कुल बहादुर थापाले बताएका छन् ।जिल्ला प्रशासन कार्यालयले दुवै पक्षलाई राखेर हर सम्भव प्रयास गरिरहेको सहायक प्रमुख जिल्ला अधिकारी देवकोटाको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button