टोपेखोलामा सुख्खा पहिरो खस्दा नारायणगढ –मुग्लिन सडक अवरुद्ध
चितवन । नारायणगढ– मुग्लिन सडक खण्ड अन्तर्गत टोपेखोलामा सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

राती ८ बजेर ५ मिनेट जाँदा ईच्छाकामना गाउँपालिका ६ स्थित टोपेखोलामा माथिबाट आएको सुख्खा पहिरोले दुईतर्फी रुपमा सडक अवरुद्ध भएको हो ।
सडक विभागसँग समन्वय गरी पहिरो हटाउने पहल भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्