परिवर्तनका लागि राजनीति गरेको हो : अध्यक्ष ओली
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको पार्टीले मुलुकको परिवर्तनका लागि राजनीति गरेको बताउनुभएको छ ।

ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा आज केन्द्रीय सदस्यमा मनोनीत छक्कबहादुर लामालाई सपथ ग्रहण गराउँदै उहाँले एमाले सरकारमा पुग्न र मन्त्री हुनका लागि राजनीति गर्ने पार्टी नभई मुलुकको परिवर्तन गर्नका लागि राजनीति गरेको बताउनुभयो ।
अध्यक्ष ओलीले मुलुकलाई ‘समृद्ध नेपाल र सुखी नेपाली’को अभियानलाई गन्तव्यका साथ अगाडि बढाउने योजनाका साथ एमाले अगाडि बढेको बताउनुभयो । उहाँले भ्रष्टाचार र तस्करी रोक्नका लागि आफूहरूले छानबिन समिति गठनको माग गरेको बताउनुभयो ।
यही साउन २९ गते बसेको एमाले सचिवालय बैठकले लामासहित केदार न्यौपानेलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो ।








प्रतिक्रिया राख्नुहोस्