तपाईँ सुन्दै हुनुहुन्छः

सल्यान गाडी दुर्घटना अपडेटः २ जनाको मृत्यु, १४ घाइते 

सल्यान । रुकुम पश्चिमबाट दाङतर्फ जाँदै गरेको फोर्स गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । 

मृत्यु हुनेमा सल्यान दार्मा गाउँपालिका २ का ३६ वर्षीय खुम बहादुर खत्री भन्ने ओम्पत खत्री र रुकुम पश्चिम सानो भेरी गाउँपालिका ११ का ६० वर्षीय कमारो कामी रहेका छन् । दुवै जनाको दाङ तुलसीपुर स्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

सोमबार दिउँसो राप्ती राजमार्ग अन्तर्गत कपुरकोट गाउँपालिका ३ आगर खोलामा  लु २ ख ५७३१ नम्बरको फोर्स गाडी दुर्घटना भएको थियो । 

घाइतेहरूकाे प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । चालक भने अझै फरार रहेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button