तपाईँ सुन्दै हुनुहुन्छः

व्यवस्थित  पशु वधशाला निर्माण गर्दै  भरतपुर महानगर

चितवन । भरतपुर महानगरपालिकाले  व्यवस्थित पशु वधशाला निर्माण गर्ने भएको छ  । बजारमा छरिएका , अव्यवस्थित र  मापदण्ड विपरीत सञ्चालन भएका पशु वधशालालाई मापदण्डअनुसार सञ्चालन गर्ने गरि निर्माण गर्ने तयारीमा महानगरपालिका जुटेको हो । 

आज महानगरपालिकामा आयोजित कार्यक्रममा प्रत्येक महानगरपालिकामा अनिवार्य रुपमा व्यवस्थित पशु वधशाला निर्माण हुनुपर्ने प्रावधान अनुसार व्यवस्थित वधशाला बनाउन लागिएको बताउनु भयो । व्यवस्थित पशु वधशाला निर्माण समितिका संयोजक समेत रहनु भएका उप प्रमुख अधिकारीले अबको केही समय भित्रैमा महानगरवासीहरूले आशा गरेअनुसारको व्यवस्थित पशु वधशाला बन्ने बताउनु भयो  ‘हामी गृहकार्यमा जुटिरहेका छौ,विभिन्न चरणहरूमा प्रारम्भिक कार्यहरू भइरहेका छन् ।’ नगर उप प्रमुखले भन्नुभयो । महानगरवासीलाई स्वच्छ सफा मासु उपभोग गर्ने अधिकार दिलाउन व्यवस्थित वधशाला निर्माण गर्न लागिएको उपप्रमुख अधिकारीको भनाई छ । 

यसको स्थापना र व्यवस्थापनका लागि भरतपुर महानगरपालिका र एनिमल नेपालको संयुक्त आयोजनामा सोमबार महानगरपालिकामा एक दिने पशु वधशाला तथा मासु व्यवसाय व्यवस्थापन सम्बन्धि कार्यशाला गोष्ठी समेत भएको छ । 

गोष्ठीमा बोल्दै एनिमल नेपालका केन्द्रिय कार्यक्रम व्यवस्थापक सुरक्षा राणाले महानगर व्यवस्थित पशु वधशाला निर्माण कार्यमा जुटेकोमा खुशी व्यक्त गर्दै एनिमल नेपाल हातेमालो गर्न तत्पर रहेको बताउनु भयो । 

भरतपुर महानगरपालिकामा हाल ५ वटा पशु वधशालाहरू रहेका छन् भने  जिल्लामा  १० वटा वधशाला रहेको एनिमल नेपाल चितवनका प्रतिनिधि रामचन्द्र आचार्यले जानकारी दिनु भयो । उहाँका अनुसार भरतपुर महानगरपालिकाको नारायणगढ क्षेत्रमा रहेका वधशालाहरू सबै मापदण्ड विपरीत रहेका छन् ।  

पशु वधशाला र मासु जाँच नियमावली २०५७ को नियम २१ ले दिएको अधिकार प्रयोग गरि पशु सेवा विभागले पशु वधशाला र मासु जाँच प्राविधिक निर्देशिका स्वीकृत गरेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button