प्लास्टिकजन्य पदार्थको प्रयोग कम गर्न सांसदहरूको सुझाव

काठमाडौँ । राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिका सांसदहरुले फोहोरमैलाको व्यवस्थापनका लागि प्लास्टिकजन्य सामाग्रीको प्रयोग कम गरिनुपर्नेमा जोड दिएका छन् ।
समितिको संसद् सचिवालय सिंहदरबारमा आज बसेको बैठकमा सांसदहरुले सरकारले नीति बनाएरै प्लास्टिकको प्रयोग रोक्न वैकल्पिक व्यवस्था गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
समितिका सभापति प्रकाश पन्थले प्लास्टिकको प्रयोग कम गरी पुन प्रयोगमा जोड दिन सरोकारवालासँग छलफल गरिने बताउनुभयो ।

बैठकमा वन तथा वातावरण मन्त्रालयका पूर्व सहसचिव डा. विश्वनाथ ओलीले नेपालमा प्रतिदिन करिब ४ हजार ९ सय टन फोहोर उत्पादन हुने र त्यसमध्ये एक लाख ६५ हजार टन प्लास्टिकका सामग्री हुने गरेको जानकारी दिनुभयो ।
उहाँले नेपालमा रहेका ३ सय ७५ वटा प्लास्टिक उद्योगमा करिब ३७ अरब लगानी रहेको र ती उद्योगहरूले १० हजारभन्दा बढीलाई रोजगारी दिएको जानकारी गराउनुभयो ।
बैठकमा युएनडिपीका सहायक आवासीय प्रतिनिधि विजयप्रसाद सिंहले नेपाल संसारमा प्लास्टिकको कम प्रयोग गर्ने मुलुकमा रहेकाे भए पनि प्लास्टिक व्यवस्थापन मुख्य समस्या भएको विचार व्यक्त गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्