तपाईँ सुन्दै हुनुहुन्छः

प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ जारी 

काठमाडौँ I  प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको संसदीय सुनुवाइ सुरु भएको छ । सिंहदरबारमा आज संसदीय सुनुवाइ समितिमा उहाँको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको हो । 

यसअघि उहाँ विरूद्ध परेको उजुरीका विषयमा सुनुवाइ भएको थियोे । उहाँविरूद्ध  तीन वटा उजुरी परेको थियो । संवैधानिक परिषद्को बैठकले नाम सिफारिस गर्ने र संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उमेर हदका कारण गत साउन २० गते अवकाश लिनुभएको थियो । संवैधानिक परिषद् बैठकले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्तिका लागि गत साउन १८ गते सिफारिस गरेको थियो भने साउन २३ मा बसेको सुनुवाइ समितिको बैठकले श्रेष्ठविरुद्ध १० दिनको म्याद दिएर उजुरी आह्वान गरेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button