प्रश्तावित प्रधानन्यायाधीश श्रेष्ठको संसदीय सुनुवाई आज
काठमाडौँ । प्रश्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाई आजदेखि शुरु हुने भएको छ ।
आईतवार बसेको संसदीय सुनुवाई समितिको बैठकले प्रश्तावित प्रधानन्यायाधीश श्रेष्ठलाई संसदीय सुनुवाईका लागि सोमवार बिहान साढे ११ बजे बोलाउने निर्णय गरेको हो ।
सोमवार बिहान साँढे १० बजे उजुरीकर्तासँग छलफल गर्ने र त्यसलगत्तै प्रश्तावित प्रधानन्यायाधीश श्रेष्ठको पनि सुनुवाई गर्ने बताईएको छ । प्रश्तावित प्रधानन्यायाधीश श्रेष्ठबिरुद्ध ३ वटा उजुरी परेका छन् ।
प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उमेरहदका कारण गत साउन २० गते अवकाश पाएपछि संवैधानिक परिषद्ले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेको थियो ।








प्रतिक्रिया राख्नुहोस्