तपाईँ सुन्दै हुनुहुन्छः

‘प्रदेशलाई अधिकार सम्पन्न बनाउन केन्द्रले गम्भीरता देखाउन आवश्यक’

विमल ज्ञवाली

दाङ । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउन केन्द्रले गम्भीरता देखाउन आवश्यक रहेको बताउनुभएको छ । 

सङ्घीयता कार्यान्वयनमा सङ्घीय सरकार र शीर्ष राजनैतिक नेतृत्व उदासिन रहँदा प्रदेश तहले जनताको मन जित्न कठिनाइ हुने मुख्यमन्त्री चौधरीको भनाइ छ ।

३ तहका सरकारलाई समन्वय गर्न प्रधानमन्त्रीको अध्यक्षतामा रहने राष्ट्रिय समन्वय परिषद्ले प्रदेशलाई दिएको निर्देशन अनुसार आइतबार देउखुरीमा भएको सरोकारवालाहरू सँगको अन्तरक्रियामा मुख्यमन्त्री चौधरीले प्रदेश सरकार विफल  भए सङ्घीयतामाथि नै अविश्वास बढ्नेतर्फ सजग रहन आग्रह गर्नुभयो ।

लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तिले जनताको विश्वासमा बनेको प्रदेशलाई प्रभावकारी बनाउन सबै पक्षको ध्यान जान आवश्यक रहेको बताउनुभयो ।

प्रदेश सरकारका मन्त्रीहरू सँगै लुम्बिनी प्रदेशका १२ जिल्लाका पालिका स्तरका जनप्रतिनिधिहरूको सहभागिता रहेको अन्तरक्रियामा समूहगत रुपमा सुझाव सङ्कलन गरेर योजना कार्यान्वयनमा जाने विषयमा सकारात्मक छलफल भएको मुख्यमन्त्री कार्यालयका सचिव सुमन घिमिरेले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button