तपाईँ सुन्दै हुनुहुन्छः

एआइजिपिको सरुवा नियमित प्रक्रिया हो : उपमहासचिव शर्मा

दोलखा । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्व मन्त्री जनार्दन शर्माले प्रहरीहरूको सरुवाको विषय नियमित प्रक्रिया भएकोले त्यसलाई अन्य विषयसँग जोडेर हेर्न नहुने बताउनुभएको छ ।

पार्टी अभियानको क्रममा दोलखा आउनुभएका उपमहासचिव शर्माले हालै भएको एआइजिपिहरुको सरुवा भुटानी शरणार्थी प्रकरणसँग नजोडिएको बताउनुभयो ।

उपमहासचिव शर्माले आफ्नो पार्टीको अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले मुलुकमा सुशासन कायम गर्न भ्रष्ट्राचार नियन्त्रण अभियान सुरु गरेको उल्लेख गर्नुहुँदै नेकपा माओवादी केन्द्रका नेताहरूको सम्पत्ति समेत छानविन गरिनुपर्ने बताउनुभयो ।

उपमहासचिव शर्माले सङ्घीयतापछि जिल्ला सदरमुकाममा रहेका विभिन्न कार्यालय विस्थापित भएका र पायक नपर्ने ठाउँमा कार्यालय राखिएको विषय संवेदनशील रहेको उल्लेख गर्नुहुँदै प्रदेश सरकारले हरेक जिल्लामा एकिकृत ढङ्गले कार्यालय सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

उहाँले दोलखाको शैलुङमा अन्तर्राष्ट्रिय स्तरको योग केन्द्र स्थापना गर्ने, कालिन्चोकसम्मको सडक विस्तार गर्ने, जिरी, दोलखा भीमेश्वर लगायतका पर्यटकीय केन्द्रहरूको प्रवर्द्धन गर्ने कुरामा आफूले पहल गरिरहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button