गड्डाचौकी नाका भएर पहिलो पटक बन्दागोभी भारतमा निर्यात

कञ्चनपुर । कञ्चनपुरको गड्डाचौकी नाका भएर पहिलो पटक बन्दोगोभी भारतमा निर्यात भएको छ । प्राय भारतबाट नेपालमा तरकारी आयात हुने गरेकोमा पहिलो पटक नाका भएर बन्दागोभी निर्यात भएको हो ।
साउनमा एक हजार पाँच सय किलो बन्दागोभी भारत निर्यात भएको गड्डौचाकीस्थित कञ्चनपुर भन्सार कार्यालयले जनाएको छ । भारतीय व्यवसायीले नेपालबाट बन्दागोभी भारत लगेका छन् । साउनमा तरकारीको रुपमा बन्दागोभी भारत निर्यात भएको भन्सार कार्यालयका भन्सार अधिकृत तेज बहादुर रावलले बताउनु भएको छ।
भन्सार नाका भएर दैनिक भारतबाट तरकारी र फलफूल आयात हुँदै आएको छ । तर अहिले गड्डाचौकी नाका भएर भारतबाट आउने तरकारी र फलफूलको आयात भने ठप्प हुन पुगेको छ ।
गड्डाचौकीस्थित प्लान्ट क्वारेन्टिन कार्यालयका प्रमुख तालिमका लागि विदेश गएपछि परीक्षण नभएर आयात ठप्प हुन पुगेको हुन पुगेको छ । भन्सार कार्यालयका अनुसार गड्डाचौकी नाका भएर दैनिक दुई गाडी तरकारी र फलफूल आयात हुने गरेको थियो ।








प्रतिक्रिया राख्नुहोस्