तपाईँ सुन्दै हुनुहुन्छः

तीन महिनासम्म रूपान्तरण अभियान चलाउँछौँ : उपमहासचिव शर्मा

सिन्धुली । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले तीन महिनासम्म ‘माओवादी जनताको साथमा’ विशेष रूपान्तरण अभियान सञ्चालन गर्ने भएको छ । पार्टीका उपमहासचिव तथा बागमती प्रदेश इन्चार्ज जनार्दन शर्माले तीन महिनासम्म जिल्लामा अभियान सञ्चालन गर्ने बताउनुभयो ।

file photo

प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समितिद्वारा आयोजित पत्रकार भेटघाटमा उहाँले भन्नुभयो, “तीन महिनासम्म जनतासँग सहकार्य गर्ने कार्यक्रम अगाडि बढाउँदैछौँ, त्यसको तयारीस्वरुप पालिका, जिल्ला–जिल्लामा समन्वय, भेटघाट र बैठक हुँदैछ ।”

उपमहासचिव शर्माले अभियानअन्तर्गत जनताको साथमा गएर विभिन्न कार्यक्रम गर्ने, देशमा भएका उपलब्धि, यसका लागि गरिएको योगदान, पहलकदमीका बारेमा जनतालाई स्मरण गराउने तयारीका लागि आफू जिल्ला आएको जानकारी गराउनुभयो । उहाँले समाजवादी यात्राका बारेमा जनतालाई बुझाउने र सरकारले गरेका कामलाई जनतामा स्थापित गर्ने लगायतका गतिविधि गरिने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button