तपाईँ सुन्दै हुनुहुन्छः

जिल्ला फुटबल संघ म्याग्दीको अध्यक्षमा बानियाँ

म्याग्दी । जिल्ला फुटबल संघ म्याग्दीको अध्यक्षमा कुमार बानियाँ सर्वसम्मत चयन हुनुभएको छ ।

सदरमुकाम बेनीस्थित जिल्ला खेलकुद विकास समितिको सभाहलमा शनिबार सम्पन्न सङ्घको अधिवेशनले बानियाँको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

समितिको उपाध्यक्षमा सोनिया पुन, सचिवमा निशान गुरुङ, कोषाध्यक्षमा सिद्धार्थ शाक्य हुनुहुन्छ । सदस्यहरूमा विवेक बानियाँ, निशान केसी, तुलनारायण पुन, ईश्वर कार्की, शिव शेरचन, विनोद घर्ती, छवि आचार्य, सुनिल शर्मा र ललिन सापकोटा रहेका छन् । संघका निवर्तमान अध्यक्ष दिलीप बुढाथोकी हुनुहुन्छ ।

जिल्लाका विभिन्न क्लबका प्रतिनिधिहरुको सहभागिता रहको अधिवेशनमा जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष दिनेश केसी लगायतको उपस्थित रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button