तपाईँ सुन्दै हुनुहुन्छः

महेन्द्रनगरको एक घरमा ग्यास लिक भई आगलागी

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगर स्थित पुरानो बसपार्कमा ग्यास लिक हुँदा एक घरमा आगलागी भएको छ । शनिबार बिहान मःमका लागि अचार बनाउने क्रममा ग्यास सिलिन्डर लिक हुँदा आगलागी भएको बताइएको छ ।

घर भित्र रहेका सामान जलेर नष्ट भए पनि मानवीय क्षति हुनबाट भने जोगिएको छ । सोही घरमा जोशी मःम सेन्टरका सञ्चालक बझाङ घर भएका गणेशराज जोशीसहित उहाँकी श्रीमती, दुई छोराछोरी, भाइ, भाइ बुहारी र उनीहरूको बच्चा गरी सात जना डेरा गरी बस्दै आउनु भएको थियो ।

घरभित्र रहेका बालबालिकाहरूले आगलागी हुँदा हाम फालेर ज्यान जोगाउन सफल भएको बताइएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ । आगलागीबाट तीन लाख मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सहायक सूचना अधिकारी प्रहरी निरीक्षक हर्ष बहादुर चन्दले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button