तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुरधामका समाजसेवी साहको निधन

जनकपुरधाम । जनकपुरधामको शिक्षा क्षेत्रमा विशेष योगदान दिनुभएका वरिष्ठ समाजसेवी रामचन्द्र साहको ९५ वर्षको उमेरमा निधन भएको छ ।

जनकपुरधामको रामस्वरुप रामसागर बहुमुखी क्याम्पस (राराब), सरस्वती, कन्या माध्यमिक विद्यालयको निर्माण, गंगासागर घाट तथा कैयन धर्मशाला, पुल सहितको सार्वजनिक संरचनाको निर्माण गरेर सामाजिक क्षेत्रमा विशिष्ट योगदान दिनुभएका वरिष्ठ समाजसेवी एवं दानवीरका रुपमा परिचित साहको आज आफ्नै निवासमा निधन भएको हो ।

जनकपुरधामको शिक्षा र स्वास्थ्य क्षेत्रको पूर्वाधार विकासमा जग्गा, जिन्सी र नगद गरि अर्बौँको सम्पत्ति दान गर्नुभएका रामसागर रामस्वरुप साहका परिवारका ज्येष्ठ सदस्य साहको निधनले सामाजिक क्षेत्रमा अपुरणीय क्षति भएको छ ।

साहको निधनप्रति दुःख प्रकट गर्दै जनकपुरधाम उपमहानगरपालिका प्रमुख मनोज कुमार साहले जनकपुरधामले एक जना दानवीर गुमाएको उल्लेख गर्नुभएको छ ।

विभिन्न सामाजिक संघ संस्थाहरूले पनि दानवीर साहको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button