तपाईँ सुन्दै हुनुहुन्छः

पत्नीको हत्या आरोपमा पति गिरफ्तार

सुनसरी । इटहरी उपमहानगरपालिका–४ की ३५ वर्षीया सीता लिम्बुलाई घरायसी विवादका क्रममा कुटपिट गरी हत्या गरेको आरोप पीडित पक्षले लगाएको छ । 

साउन ३२ गते इटहरी उपमहानगरपालिका ४ स्थित टेंग्रा खोला किनारमा एक महिलाको शव फेला परेकोमा मृतक लिम्बुको माइती पक्षले ३९ वर्षीय पति दीपेन लिम्बूले हत्या गरेको किटानी जाहेरी दिएको छ । 

इलाका प्रहरी कार्यालय इटहरीमा मृतक सीताकी भाई २७ वर्षीय धनबहादुर लिम्बुले दिदीलाई सिताका पति दीपेन लिम्बूले हत्या गरेको किटानी जाहेरी दिनुभएकाले सोही आधारमा दीपेनलाई साउन ३२ गते गिरफ्तार गरि अनुसन्धान सुरु गरिएको डिएसपी माधव काफ्लेले जानकारी दिनुभयो । 

डिएसपी काफ्लेका अनुसार सङ्खुवासभा मादी ३ घर भई हाल इटहरी उपमहानगरपालिका ४ मा बस्दै आएकी ३५ वर्षीया सीता लिम्बूको शव फेला परेको र इलाका प्रहरी कार्यालय इटहरीले शव फेला परेकी लिम्बूको शरीरमा नीलडाम देखिएकाले हत्या भएको आशङ्का गरिएको छ । 

घटनाको अनुसन्धान जारी रहेको र पोष्टमार्टम रिर्पोट आएपछि थप कुरा खुल्दै जाने डिएसपी काफ्लेले बताउनुभयो । लिम्बुको ३९ वर्षीय पति दीपेन लिम्बुलाई साउन ३२ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले घरायसी विवादका क्रममा साउन २९ गते कुटपिट गरेको स्थानीयहरूले बताएका थिए ।

शवको पोष्टमार्टम बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भदौ १ गते गरिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button