तपाईँ सुन्दै हुनुहुन्छः

सदनको अवरोध हटाउन प्रधानमन्त्रीसँग छलफल गर्दै सभामुख

काठमाडौं । सदनको अवरोध खुलाउने विषयमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’सँग छलफल गर्दै हुनुहुन्छ ।

शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उहाँले छलफल गर्न लाग्नुभएको हो ।

प्रमुख प्रतिपक्षीले ६१ केजी सुन प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समितिको माग गरी सदन अवरोध गर्दै आइरहेको छ ।

सदन अवरोध भएपछि सभामुखले प्रधानमन्त्रीसँग एकल र समूहगत गरी यसअघि ५ पटक छलफल गरिसक्नुभएको छ । प्रतिनिधिसभाको अबको बैठक भदौं ३ गतेका लागि बोलाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button