तपाईँ सुन्दै हुनुहुन्छः

पाकिस्तानका कार्यवाहक प्रधानमन्त्री अनवर उल हक कक्कडको मन्त्रिपरिषद्द्वारा शपथ

इस्लामाबाद। पाकिस्तानका कार्यवाहक प्रधानमन्त्री अनवर-उल-हक ककरको मन्त्रिपरिषद्का सदस्यहरूले इस्लामावादको राष्ट्रपति भवनमा बिहीबार आयोजित समारोहमा शपथ लिनु भएको छ ।

पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले नवनियुक्त पाकिस्तानी कार्यवाहक प्रधानमन्त्री अनवर उल हक कक्कडका सदस्यहरुलाई सपथ गराउँनु भएको हो । अठार सदस्यीय संघीय मन्त्रीहरूले बिहीबार शपथ ग्रहण गर्नु भएको पाकिस्तानमा आधारित डनले रेडियो पाकिस्तानलाई उद्धृत गर्दै उल्लेख गरेको छ।

नवनियुक्त मन्त्रीहरूमा पूर्व कूटनीतिज्ञ जलील अब्बास जिलानी, अर्थशास्त्री शमशाद अख्तर, बलुचिस्तान अवामी पार्टी (बीएपी) सिनेटर सरफराज बुग्ती, उद्योगपति गोहर एजाज, शिक्षाविद उमर सैफ, वरिष्ठ पत्रकार मुर्तजा सोलांगी, पूर्व ब्यूरोक्रेट शाहिद अशरफ तरार, जमाल लगायत रहनु भएको छ ।

पाकिस्तानी राष्ट्रपतिले निवर्तमान प्रधानमन्त्री शहबाज सरिफ र उहाँका पूर्व मन्त्रीहरूको उपस्थितिमा उहाँहरूलाई शपथ गराउँनु भएको जियो न्युजले उल्लेख गरेको छ।

सो अवसरमा पाकिस्तानका सेना प्रमुख जनरल असिम मुनिर, संयुक्त चिफ अफ स्टाफ कमिटिका अध्यक्ष जनरल साहिर शमशाद मिर्जा, सिनेटका अध्यक्ष सादिक संजरानी र अन्य उच्च पदस्थ अधिकारीहरू उपस्थित रहनु भएको थियो ।
पाकिस्तानका राष्ट्रपतिले अगस्ट १२ मा अनवर उल हक काकरलाई कार्यवाहक प्रधानमन्त्री नियुक्त गर्न निर्णयको अनुमोदन गर्नु भएको थियो ।

शेहबाज शरीफ र विपक्षी नेता राजा रियाजले अगस्ट १२ मा भेटेर अन्तिम चरणको वार्ता सम्पन्न गरी सिनेटर काकरलाई कार्यवाहक प्रधानमन्त्री बनाउने निर्णय गर्नु भएको हो ।एएनआई

प्रतिक्रिया राख्नुहोस्

Back to top button